जनै पूर्णिमा कहिले मनाउने? -स्पस्टीकरण अनुराग कटुवाल द्वारा
चन्द्र ग्रहणको कारणले यस पालीको श्रावण पूर्णिमा (जनैपूर्णिमा) सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ । जति धेरै विद्वान् त्यति नै मतमतान्तर । साधारण मानिसको के कुरा धर्म-शास्त्र अनि संस्कृतका अध्येताहरू पनि किंकर्तव्यविमुढ बनेर अन्योल मै परेका देखिन्छन् । कोही भन्छन् पूर्णिमा कै दिन जनै फेर्ने कोही भन्छन् पञ्चमी (नागपञ्चमी)-को दिन फेर्ने ! अतः यही कारणले गर्दा कुन जमानादेखि थन्किएर धुलोमा आनन्दित भएर विभिन्न रङ्गका कपडा ओडेर सुतेका पुस्तकहरू खोल्न बाध्य हुनुपर्यो ! ग्रन्थमा भनिएकै छ – “धर्म जिज्ञासमानानां प्रमाणं परमं श्रुतिः” अर्थात् – धर्मसम्बन्धी जिज्ञासाको लागि श्रुतिहरू नै प्रमाण हुन् । निर्णयसिन्धु अनुसार यदि स्यात् श्रावणं पर्व ग्रहसंक्रान्तिदूषितम् । स्यादुपाकरणं शुक्लपञ्चम्यां श्रावणस्य तु ।। अर्थात् – यदि जनैपूर्णिमा को दिन ग्रहण लागेको छ भने उपाकर्म (जनै धारण) शुक्लपञ्चमीमा(नागपञ्चमीमा) गर्नु । ग्रहणसंक्रान्तियोगश्चोपाकर्मसम्बन्धिन्यहोरात्रे भविष्यन्मध्यरात्रात् पूर्वमतीतमध्यरात्रादूध्वं चेति यामष्टके विद्यमानश्रवणनक्षत्रपूर्णिमादितिथ्यस्पृष्टोऽपि उपाकर्म...