जनै पूर्णिमा कहिले मनाउने? -स्पस्टीकरण अनुराग कटुवाल द्वारा


चन्द्र ग्रहणको कारणले यस पालीको श्रावण पूर्णिमा (जनैपूर्णिमा) सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ । जति धेरै विद्वान् त्यति नै मतमतान्तर । साधारण मानिसको के कुरा धर्म-शास्त्र अनि संस्कृतका अध्येताहरू पनि किंकर्तव्यविमुढ बनेर अन्योल मै परेका देखिन्छन् । कोही भन्छन् पूर्णिमा कै दिन जनै फेर्ने कोही भन्छन् पञ्चमी (नागपञ्चमी)-को दिन फेर्ने ! अतः यही कारणले गर्दा कुन जमानादेखि थन्किएर धुलोमा आनन्दित भएर विभिन्न रङ्गका कपडा ओडेर सुतेका पुस्तकहरू खोल्न बाध्य हुनुपर्यो !  ग्रन्थमा भनिएकै छ – “धर्म जिज्ञासमानानां प्रमाणं परमं श्रुतिः” अर्थात् – धर्मसम्बन्धी जिज्ञासाको लागि श्रुतिहरू नै प्रमाण हुन् ।

निर्णयसिन्धु अनुसार
यदि स्यात् श्रावणं पर्व ग्रहसंक्रान्तिदूषितम् ।
स्यादुपाकरणं शुक्लपञ्चम्यां श्रावणस्य तु ।।
अर्थात् – यदि जनैपूर्णिमा को दिन ग्रहण लागेको छ भने उपाकर्म (जनै धारण) शुक्लपञ्चमीमा(नागपञ्चमीमा) गर्नु ।
ग्रहणसंक्रान्तियोगश्चोपाकर्मसम्बन्धिन्यहोरात्रे भविष्यन्मध्यरात्रात् पूर्वमतीतमध्यरात्रादूध्वं चेति यामष्टके विद्यमानश्रवणनक्षत्रपूर्णिमादितिथ्यस्पृष्टोऽपि उपाकर्मदूषकः। केचित्तूक्तयामाष्टकादन्यत्रापि विद्यमानो ग्राह्यानक्षत्रपर्वादितिथिस्पर्शी चेत् सोऽपि दूषक इत्याहुः ।
अर्थात् – उपाकर्म सँग सम्बन्धित अहोरात्रमा आउने मध्यरात्रि भन्दा पहिले अनि वितेको मध्यरात भन्दा पछि यी आठ प्रहर भित्र ग्रहण र संक्रान्तिको योग पर्न गयो भने उपाकर्ममको लागि निर्धारित श्रवण नक्षत्र, पूर्णिमा तिथी आदिलाई त्यो ग्रहण र संक्रान्तिले नछोएको भए तापनि त्यसले त्यस उपाकर्मलाई दूषित बनाइदिन्छ । कसै-कसै आचार्यहरू उक्त आठ प्रहरका अतिरिक्त त्यसको केही वरपर भए पनि ग्राह्य मानिएको श्रवण नक्षत्र, पूर्णिमादि तिथिलाई ग्रहण र संक्रान्तिको योगले स्पर्श गऱ्यो भने त्यसबाट त्यो उपाकर्म दूषित हुन्छ भन्दछन् ।
अर्धरात्रादधस्ताच्चेत्संक्रान्तिर्गहणं तदा ।
उपाकर्म न कूर्वीत परश्चेन्न दोषकृत् ।
अर्थात् – आधारात भन्दा अगाडि ग्रहण वा संक्रान्ति परेमा पूर्णिमा र श्रवणको योग भए पनि उपाकर्म(जनैधारण) गर्नु हुँदैन ।
अझ कृत्यवाटिकामा त झनै स्पष्ट भनिएको पनि पाइन्छ ।
यद्यर्धरात्रादर्वाक्तु ग्रहः संक्रम एव च ।
नोपाकर्म तदा कुर्याच्छ्रावण्यां श्रवणे पिऽवा ।
अर्थात् – आधारातभन्दा पहिले ग्रहण वा संक्रान्ति परेमा पूर्णिमा र श्रवणको योग परेता पनि उपाकर्म गर्नु हुँदैन ।
सत्कर्मरत्नावलिमा पनि भनिएको छ –
संक्रान्ति ग्रहणं वापि  पौर्णमास्या यदा भवेत् ।
उपाकृतिस्तु पञ्चम्यां कार्या वाजसनेयिभिः ।।
अर्थात् - यदि पूर्णिमामा ग्रहण वा संक्रान्ति  पक्के छ भने पञ्चमीमा उपाकर्म (जनै धारण)  गर्नू ।
ग्रन्थहरूमा यस प्रकारका अन्य थुप्रै प्रमाणहरू पनि छन् ।

परम्परालाई आधार मान्दै ! वि.सं. १९६३, १९८२, २०२८-मा पनि यसरी नै ग्रहण लागेको रहेछ र सो समयमा पनि जनमानसहरूले पञ्चमीमा नै उपाकर्म (जनसाधारण)  गरेका रहेछन् । यसै परम्परालाई अवलम्बन गर्दै तथा “यद्यपि सत्यं लोकविरुद्धं नहि करणीयम् नाचरणीयम्”-  भन्ने आदर्श वाक्यलाई अनुशरण गर्दै पञ्चमीमा नै जनै फेर्नु उचित मान्दै  भारतका वनारस उत्तराञ्चल आदि क्षेत्रमा पनि नागपञ्चमी का दिनै  उपाकर्म (जनैधारण) रक्षाबन्धन मनाउने निर्णय गरीएको छ!

****धन्यवाद********

Comments

Popular posts from this blog

Why the arrears of 7th pay commission of Assam contractual Tet teachers will be late? Know the reason and analysis

A great sign of relief for Assam SSA TET teachers .Dont panic and stay calm for the time being now..

What is that 10 % enhancement on existing basic pay email order copy by SSA Assam?